चुनावको मुखमा सीमा झन् असुरक्षित
चुनावका मुखमा भारतीय सीमावर्ती क्षेत्र कतिसम्म असुरक्षित भएको छ भने, पारीबाट छिरेका हतियारधारीले ७ सय मिटर भित्र छिरेर दिनदहाडै नेपालीको हत्या गरे । अहिलेसम्म न दोषी पत्ता लागेको छ, न त्यस्ता हतियारधारीलाई रोक्ने कुनै संयन्त्र नै बनेको छ ।
गत भदौ १० गते शुक्रबार दिउँसो ३ बजे कपिलवस्तुको मायादेवी गाउँपालिका– ६, मदरहवाका करिव ५५ वर्षीय घुरहु भनिने रामसमझ पासीको हत्या भयो । उनलाई हतियारधारीले वीरेन्द्र चौहानको घरमा बोलाएर लगी २ गोली हानेर मारिएको थियो ।
हतियारधारी २ जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतिर भित्रिएका थिए । सशस्त्र प्रहरीको बेस नजिकै उहि घटना भएको हो । खुल्ला सिमानामा सवारी साधनको निगरानी नहनुे, सुरक्षाकर्मी परिचालन नगरिने कारण चुनावको मुखमा यस्ता घटना बढ्नु सुखद् संकेत होइन ।
टिप्पणीहरू