सत्ता गठबन्धनको भागबण्डा आज टुंगिने प्रचण्डको दाबी

सत्ता गठबन्धनको भागबण्डा आज टुंगिने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनको निम्ति सत्तारुढ दलहरुबीच सीट बाँडफाँड कार्य आज सकाइने बताउनुभएको छ । उहाँले हिजो सुर्खेतमा आयोजित पार्टी नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनमा सीट संख्याबारे लगभग सहमति भइसकेको छ । संघीयसँगै एकै पटक प्रदेश र निर्वाचन क्षेत्र पनि टुङ्ग्याउने गरी काम शुरु भएकाले समय लागेको हो । आज बस्ने गठबन्धन बैठकले अन्तिम निर्णय गर्नेछ ।’

तर,नेपाली काँग्रेस एक सय सीटबाट टसमस नभएको,प्रचण्ड स्वयम् ६० सीटबाट पछाडि नहट्नुभएको र माधव नेपाल तथा उपेन्द्र यादवको तर्फबाट कम्तिमा २५ सीटको माग यथावत रहेकाले उक्त विषयले आजै निर्क्यौल पाउनेमा धेरैले आशंका गरेका छन् । तर अध्यक्ष दाहालले आजको बैठकबाट प्रदेश र संघको चुनावमा पार्टीहरुको निम्ति निर्वाचन क्षेत्रसमेत तोकिने वचन दिनुभएको छ ।

टिप्पणीहरू