रेशम चौधरी रोज्ने नेतालाई एमालेको कारवाही

रेशम चौधरी रोज्ने नेतालाई एमालेको कारवाही

एमाले कैलालीले पार्टीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित छ जनालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले हिजो उक्त जानकारी गराएका हुन् ।

नेकपा एमालेका तत्कालीन कैलाली जिल्ला अध्यक्ष रतन थापालगायत अस्ति नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । गत स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै एमालेले उनलाई गत असार २४ गते कारबाही गरेको थियो ।

एमालेबाट कारबाहीमा परेका थापा काठमाडौँमा आयोजित कार्यक्रममा रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैयालाल चौधरी पनि त्यतै लागेका छन् ।

टिप्पणीहरू