कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज मसान्तमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले परीक्षा तालिकाबारे आज जानकारी गराएको छ ।
बोर्डद्वारा जारी सूचनामा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहनेले असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाउनु पर्नेछ । उक्त अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिर्न सक्नेछन् । त्यस्तै, असोज २५ गतेभित्र कार्यालय समयमा आफूले जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्ने उल्लेख छ ।
कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रूपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एन जी प्राप्त गर्न वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरु दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभाी हुन पाउनेछन् ।

टिप्पणीहरू