प्रचण्ड हात्तीवन बस्ने भानिजको निवासबाट सोझै बालुवाटार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान हात्तीवनस्थित भानिज गोकुल भण्डारीको निवासबाट सोझै बालुवाटार जानुभएको छ । अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भण्डारी निवासमा बिहान ८ बजेदेखि ९ बजेको हाराहारीसम्म छलफल भएको थियो ।
दाहाल र नेपाल मात्रै सहभागी उक्त भेटघाटपछि अध्यक्ष प्रचण्ड सोझै बालुवाटार पुग्नुभएको बताइन्छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग पौने १० बजेदेखि कुराकानी गर्नुभएको हो ।
सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा निर्वाचनमा सत्तारुढ दलहरुबीच भागबण्डा नमिलेको सन्दर्भमा उहाँहरुबीच पटक पटक एक्लाएक्लै र सामूहिक भेटवार्ता हुँदै आएको छ । तर, निकास अझै निस्केको छैन ।
अध्यक्ष प्रचण्डले अस्ति शुक्रबार सुर्खेत पुगेर हिजोसम्ममा चुनावको निम्ति सीट बाँडफाँडको काम सकिने बताउनुभएको थियो ।
टिप्पणीहरू