मधेसका मुख्यमन्त्री र जसपाका अध्यक्ष एउटै जिल्लाबाट सिफारिस
मधेस प्रदेशका मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता लालबाबु राउत पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् ।
अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद जितेका उनको नाम एकल सिफारिस भएको हो । जसपा स्रोतका अनुसार पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यमा मुख्यमन्त्री राउतको मात्रै नाम सिफारिसमा परेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई भने पर्साकै क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको जसपाले जनाएको छ । उनी अन्य जिल्लाबाट पनि उम्मेदवार सिफारिस भएका छन् ।
टिप्पणीहरू