घरमा मारेर राजमार्गमा श्रीमती पोल्ने डिआईजीको मुद्दामा चोलेन्द्रको प्रायश्चित

घरमा मारेर राजमार्गमा श्रीमती पोल्ने डिआईजीको मुद्दामा चोलेन्द्रको प्रायश्चित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सशस्त्र प्रहरी बलका पूर्वनायव महानिरीक्षक (डिआईजी) रञ्जन कोइरालालाई सजाय छुट गराउन गरेको फैसलाप्रति माफी माग्नुभएको छ । यदि सोही फैसलाको आधारमा महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्न तयार रहेको राणाको भनाइ छ ।

जबराले आफूले गरेको उक्त फैसलाप्रति अहिले प्रायश्चित भएको बताउनुभएको छ । आज संसदको महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले श्रीमती गीता ढकालको हत्या अभियोगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्व डिआईजी कोइराला विरुद्धको मुद्दामा भएको फैसलामा गल्ती भएको स्वीकार गर्नुभएको हो ।

राणाले भन्नुभयो, ‘यो पारिवारिक केस हो । नाबालक छोराहरू इजलासमा उपस्थित भए । ८ वर्ष ६ महिना कैदमा बसिसकेका थिए । न्यायाधीशले मिसिल हेरेर विवेक प्रयोग गरेको हो । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउन दिइएको आदेश हो । त्यसमा गल्ती भएको छ, यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने, जनतासमक्ष क्षमा माग्छु । मलाई प्रायश्चित भएको छ ।’

उहाँले २० वर्ष जेल सजाए सुनाइएका पूर्व डिआईजीमाथिको सजाय छुट गरी ८ वर्ष ६ महिना कायम गरेपछि सर्वत्र आलोचना भएको थियो ।

टिप्पणीहरू