धनुषामा देउवा र पौडेल पक्षबीच झडप

धनुषामा देउवा र पौडेल पक्षबीच झडप

नेपाली काँग्रेस धनुषाको क्षेत्रीय बैठकमा झडप भएको छ । उम्मेदवार सिफारिसको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको बताइन्छ ।

क्षेत्र नम्बर–२ को उम्मेदवार सिफारिसको निम्ति बसेको बैठकमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच हानाहान भएको हो । पौडेल पक्षधरले संस्थापन पक्षको नाम सिफारिस गर्न नमानेपछि झडपको अवस्था उत्पन्न भएको बताइएको छ ।

मुक्ता सभापति देउवा गुटमा छन् भने रामकृष्ण वरिष्ठ नेता पौडेल पक्षधर हुन् ।

टिप्पणीहरू