करोडौँको राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा

करोडौँको राजश्व चुहावट गर्नेविरुद्ध मुद्दा

श्री जय दुर्गा ट्रेडर्सका तीन सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । सो कम्पनीमार्फत भ्याट र आयकर छली गरेको आरोप लगाउँदै राजश्व अनुसन्धान विभागले उनीहरुविरुद्ध अदालत मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएमा भारत घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने धीरजकुमार जयसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जयसवाल हुन् ।

राजश्व चुहावटको मनसायले नै जालसाजीयुक्त, नक्कली भ्याटबिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाउने गरेको विभागले जनाएको छ ।

भ्याट र आयकर गरी कुल पाँच करोड ४६ लाख ५१ हजारभन्दा बढी रुपैयाँ राजश्व चुहावट गरेको दाबी गर्दै विभागले उनीहरुसँगै त्यसको दोब्बर रुपैयाँ बराबर जरिवाना सजाय माग दाबी गरेको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/09/जय_दुर्गा_ट्रेडर्स_Planning_5_17_1662271152.pdf”]

टिप्पणीहरू