हुण्डी कारोवारी सात लाखसहित भारतीय सीमाबाट पक्राउ
हुण्डी कारोबारी अवैध रकमसहित पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना.२८ प २८९० नम्बरको रातो रंगको महेन्द्र मोटरसाइकल रोकी चेकजाँच गर्दा कुर्मीले प्रयोग गरेको मोटरसाइकलको सिटमुनी लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको सात लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक दीपक गिरिले जानकारी दिए ।
उनका अनुसार नगद र मोटरसाइकल बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
टिप्पणीहरू