भारतीय सेनाध्यक्ष काठमाडौँ आइपुगे
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा ११ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी भिस्ता एअरको युके-१५५ जहाज चढेर अपराह्न पौने चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
भ्रमण दलमा श्रीमती अर्चना पाण्डे,उत्तर भारत हेर्ने हेडक्वार्टरका प्रमुख मेजर जनरल अनिल चण्डेल,ब्रिगेडियर मुकेश शर्मा,अन्तर्राष्ट्रिय विभाग हेर्ने कर्णेल मन्दिप सिंह पनि सहभागी छन् ।
भ्रमण टोलीलाई नेपाली सेनाका रथी बालकृष्ण कार्की र उपरथी प्रेमध्वज अधिकारीले विमानस्थलकाे भिआईपी कक्षमा स्वागत गरेका छन् ।
भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्नुका साथै भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग पनि पाण्डेले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू