इजलास छाड्नु भएका का.मु.प्रधानन्यायाधीश न्याय परिषद्मा बस्ने, पाथिभरा पुगेर आजै राजधानी

इजलास छाड्नु भएका का.मु.प्रधानन्यायाधीश न्याय परिषद्मा बस्ने, पाथिभरा पुगेर आजै राजधानी

कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की पाथिभरा पुगेर फर्कनुभएको छ । उहाँ आज भद्रपुरबाट सौर्य एअरलाइन्सको उडान नम्बर एसएयु ९१२ बाट अपरान्ह साढे ४ बजे काठमाडौं आउनुभएको बताइन्छ ।

गत बिहीबारदेखि इजलासमा बसेर मुद्दा हेर्ने जिम्मेवारीबाट अलग्गिनुभएका उहाँ अवकाश हुन एक महिना बाँकी छ । तर भोलि न्यायाधीशहरुमाथि थप कार्वाहीको निम्ति डाकिएको न्याय परिषद बैठकमा भने कायममुकाय प्रधानन्यायाधीशको उपस्थिति रहने सर्वोच्च अदालत स्रोतले बताएको छ ।

टिप्पणीहरू