सिट भागबण्डा मिलाउन कार्यदल बैठक दिउँसो १ बजे बस्ने
सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
हिजो बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई निर्देशन दिएको थियो । उनीहरुलाई दुई दिनभित्रै भागबण्डा मिलाउने गरी खाका ल्याउन भनिएको छ । शीर्षस्थ नेताको निर्देशन अनुसार नै छिट्टै भागबण्डा मिलाउने गरी आज बैठक बस्न लागेको एक सदस्यले जानकारी दिए ।
त्यसपछि कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव पेश गर्नेछ । सोही सिफारिसका आधारमा एज-दुई दिनमै अन्तिम निर्णय गर्ने तयारी छ ।
टिप्पणीहरू