झोलुङ्गे पुल भत्किएपछि स्थानीयलाई सास्ती
केही दिनदेखि परेको भारी वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रमा पर्ने झोलुङ्गे पुललाई पूर्ण रुपमा क्षति पुगेको छ ।
झण्डै दुई दशकअघि कादुरी प्रोजेक्टले बनाइदिएको झोलुङ्गे पुल क्षतिग्रस्त बनेको हो । पाथीभरा याङबरक गाउँपालिका वडा नम्बर ३ स्थित तिरिङ्गे र सिरिजंघन गाउँपालिका वडा नम्बर ३ सिकैचा, ओसे साङमागु जोड्ने पुलमा क्षति पुगेपछि स्थानीय मर्कामा परेका छन् ।
सिकैचातर्फको जीप पूरै भासिएको बताइएको छ । सिकैचा साङमागु र डुमृसेमा सञ्चालन भइरहेको युनिटेक हाइड्रोपावरको मुहान क्षेत्रमा पर्ने सो पुल नजिकबाट हाइड्रोपावरले बाटो खनेकाले जीपलाई असर परेको हुन सक्ने स्थानीयको भनाइ छ । पुलको जीप भाँसिएर पुरै तल झरेपछि बाटो हिँड्न र पढ्न जाने बालबालिकालाई सास्ती भएको छ ।
टिप्पणीहरू