फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को प्रिमियर शो सम्पन्न

फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को प्रिमियर शो सम्पन्न

कुलवीर थापाको वास्तविक कथामा निर्माण गरिएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ । फिल्मको प्रिमियर शोको प्रायोजक खुकुरी रम रहेको छ । खुकुरी रमकै प्रायोजनामा यो फिल्मको थप प्रिमियर शो पोखरामा आज हुँदैछ भने धरानमा आगामी बुधबार हुने निर्माण पक्षले जानकारी दिएको छ ।

मुभीको शोबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै निर्माण पक्षले घोषणा गरिसकेको छ । खुकुरी रम प्रमोसनल पाटर्नरको रुपमा रहेको फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

चलचित्रमा थापाले जर्मनीसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको बताइएको छ । फिल्मका निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको र जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ छ । साथै उनी आफैंले फिल्मको कथा लेखेका हुन् ।

शोमा बेलायतदेखि आएका कलाकारहरु समीर गुरुब, गौमाया गुरुब र स्टुअर्ट वाल्कर नेपाललगायतको सहभागिता रहेको थियो । फिल्ममा समिर गुरुब, गौमाया गुरुब, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुब, सूर्य गुरुब, स्योन शाहीलगायतले अभिनय गरेका छन् ।

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुब र प्रयास गुरुब छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको युके, अमेरिका, ब्रुुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिब भएको थियो । नेपालमा यस चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

टिप्पणीहरू