महानगर टोली आज असन, इन्द्रचोकमा
काठमाडौँ महानगरपालिकाको टोली फुटपाथमा सञ्चालन भइरहेको अव्यवस्थित व्यापार हटाउने भन्दै असन इन्द्रचोक पुगेको छ । इन्द्रचोकदेखि असन हुँदै ठमेल र भोटाहिटी निस्किने क्षेत्रका सडक किनार र पैदल यात्रु हिँड्ने फुटपाथमा व्यापार व्यवसाय सञ्चालन हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको भन्दै महानगर सो क्षेत्रका पुगेको हो ।
नजिकिँदै गरेको चाड पर्वलाई ध्यानमा राख्दै महानगरले अव्यवस्थित रूपमा सञ्चालन भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसायलाई हटाउन लागिएको बताइएको छ ।
महानगरको सूचनालाई अवज्ञा गर्दै व्यापार सञ्चालन गरिरहेका केही पसलेको सामान टोलीले उठाएको छ । असन क्षेत्रमा व्यापारीले फुटपाथमा भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री राखेर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
सडकमा कुनै पनि सामग्री नराख्न र अवैध रूपमा खडा गरिएका संरचना भत्काउन महानगरले स्थानीय व्यापारीलाई यसअघि नै निर्देशन दिएको छ ।
टिप्पणीहरू