नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत गुहारिने प्रचण्डको भनाइ, न्यायिक आयोग गठन गर्न सीपी मैनालीको माग
दोस्रो पटक प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय शीतल निवास पुगेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आलटाल नगरी प्रमाणीकरण गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ । उहाँले अघिल्लो पटकझैँ प्रमाणीकरण नगर्ने वा आलटाल गरेमा आफूहरुले अदालत गुहार्ने चेतावनी दिनुभएको छ ।
अध्यक्ष दाहालले हिजो जनकपुर पुगेर उक्त धारणा राख्नुभएको हो । पार्टीको मधेश प्रदेश बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले यस पटक नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ । यदि प्रमाणीकरण गर्न आलटाल गर्नुभयो भने अदालत गइन्छ ।’
यता नेकपा (माले) का महासचिव सीपी मैनालीले उच्चस्तरीय नागरिकता–छानबिन न्यायिक आयोग गठन गर्न माग गर्नुभएको छ । पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरिएको नेकपा मालेले जनाएको छ ।
टिप्पणीहरू