महाकाली–मेची जागरण अभियानले बिर्तामोडमा खुल्ला सभा गर्ने
नेकपा एकीकृत समाजवादी निकट युवा संघको आयोजनामा शुरु भएको महाकाली– मेची जागरण अभियानअन्तर्गत भोलि झापाको बिर्तामोडमा खुल्ला सभा हुने भएको छ । त्यसका लागि पार्टी जिल्ला कमिटी झापाले बृहत सहभागिताको पहल गर्न आवश्यक निर्णय गरेको जनाइएको छ ।
कार्यक्रममा पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला कमिटी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
महाकालीबाट आएका युवा संघको टोलीलाई झापाको बिर्तामोडमा बृहत् सहभागितामा स्वागत गर्ने र सम्मानित नेताले सम्बोधन गरेपछि मेची नदी छेउ पुगेर अभियान समापन गर्ने कार्यक्रम छ । दिउँसो १२ वजे बिर्तामोडस्थित हनुमान सेन्ट्रल अगाडि खुल्ला सभाको आयोजना गरिएकाले सभामा उपस्थित हुन सबैमा आग्रह गरिएको छ ।
टिप्पणीहरू