पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी

ढुवानी भाडा समायोजन नगरेको भन्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । भाडावृद्धिको माग गर्दै महासंघले फेरि पनि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

महासंघले आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै पर्सिसम्ममा भाडा समायोजन नभएमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएको छ । ट्याङ्कर सञ्चालन खर्च अत्यधिक बढेको उल्लेख गर्दै महासंघले भदौ २४ गतेबाट भारतबाट पेट्रोलियम पदार्थको पिडिओ नलिने बताएको छ ।

त्यस्तै, भदौ २५ गतेबाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने निर्णय भएको बताइएको छ । असोज १ गतेबाट आन्तरिक ढुवानीसमेत गर्न नसकिने पत्रमा उल्लेख छ । साथै, निगमले सम्पूर्ण खर्च व्यहोरेर ट्याङ्कर सञ्चालन गर्न चाहेमा उपलब्ध गराउने उसले जनाएको छ ।

उसले नेपालीहरुको महान चाड विजयी दशमी र निर्वाचनलाई लक्षित गरेर आपूर्ति व्यवस्थामा सहजीकरण गरिदिन सरकासँग जोडदार माग गरेको छ । यसअघि पनि महासंघले विभिन्न मितिमा भाडा समायोजनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

टिप्पणीहरू