राष्ट्रपतिविरुद्ध नेविसंघ सडकमा

राष्ट्रपतिविरुद्ध नेविसंघ सडकमा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली काँग्रेसनिकट नेविसंघले विरोध प्रदर्शन गरेको छ । आज बिहान काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले राष्ट्रपतिको पुत्ला जलाउन खोज्दा विद्यार्थी र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो । प्रदर्शनमा उत्रेका विद्यार्थीलाई रोक्न प्रहरी पुगेपछि झडप भएको हो ।

विद्यार्थीहरूले प्रहरीलाई ढुङ्गा हानेका थिए भने प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीचको झडपले केहीबेर सो क्षेत्रको सवारी आवागमनसमेत अवरुद्ध भएको थियो ।

टिप्पणीहरू