फुटबल हेर्न गएका तीन बालिका बेपत्ता

फुटबल हेर्न गएका तीन बालिका बेपत्ता

मोरङको लेटाङका तीन बालिका हिजोदेखि बेपत्ता भएका छन् । हिजो बिहान करिब १० बजेको समयमा घरबाट निस्किएका उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् ।

जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय शान्ती माध्यमिक विद्यालयमा अध्ययनरत लेटाङ नगरपालिका-३ की १३ वर्षीय रक्षा दर्नाल, सोही नगरपालिका-४ की १२ वर्षीय अनुष्का राई र १४ वर्षीय सविना राई सम्पर्कविहीन भएका हुन् ।

हिजो बिहान फुटबल हेर्न भनी घरबाट हिँडेका उनीहरु २४ घण्टासम्म पनि घर नफर्किएपछि अभिभावकले आज बिहान मात्र प्रहरीकोमा जानकारी दिएको डिएसपी श्रेष्ठले बताए । घटनाबारे प्रहरीले जानकारी पाएलगत्तै उनीहरुको हुलिया टिपेर खाेजी भइरहेकाे उनले बताए ।

टिप्पणीहरू