नेपाल नफर्किने अल्मुताइरीको घोषणा

नेपाल नफर्किने अल्मुताइरीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको यात्रा टुङ्गिएको घोषणा गरेका हुन् ।

जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले बताए । राजीनामा घोषणा गर्दै उनले नपोली टिमसँगको यात्रामा खुशी, दुःख, आनन्द र पीडा सबै महशुस गरेकोसमेत उल्लेख गरेका छन् ।

अल्मुताइरी गत कात्तिकमा प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । एएफसी एसियन कप छनोटको खेल्न कुवेत पुगेको नेपाली टोली नेपाल फर्कंदा प्रशिक्षक अल्मुताइरी बिदामा उतै बसेका थिए । बिदामा बसेको लामो समयपछि उनले उतैबाट राजीनामा दिएका हुन् ।

यसअघि बन्द शिविरमा रहेका १० जना सिनियर खेलाडीलाई टिमबाट निकालेपछि अल्मुताइरी विवादमा परेका थिए ।

टिप्पणीहरू