फौजमा जानेलाई शुरुमै फसाद

फौजमा जानेलाई शुरुमै फसाद
सुन्नुहोस्

मुख्य भण्डारमा राखिएका अत्यावश्यक एवं ठूलो मूल्यका सामान आगलागीमा परेपछि सशस्त्र प्रहरी बलभित्र हंगामा मच्चिएको छ ।

काठमाडौंको बलम्बुस्थित मुख्य स्टोरमा चैत २८ गते आगलागी हुँदा अर्बौंका बन्दोबस्तीको सामान नष्टमात्रै भएनन्, सोही कारण तालिमदेखि विभिन्न काम प्रभावित भएका छन् । त्यसैकारण हल्चोक मुख्यालयमा जिम्मेवारीको विषयलाई लिएर दन्तबजान शुरु भएको छ । 

रवि लामिछाने अघिल्लो पटक गृहमन्त्री हुँदा पाँच करोड रूपैयाँको सामान खरिद गरिएको थियो । तीमध्येका सामान पनि आगलागी हुने बेलासम्म भण्डारमै भएको पाइएको छ । हिमालीभेगमा खटिने केहीलाई दिइने ज्याकेट, स्पोर्टस सुज, बुट, भूकम्प र दैवी प्रकोप उद्धारको निम्ति ल्याइएका त्रिपालहरू त्यहाँ थियो । अस्तिको आगलागी बिजुली सर्टका कारण भयो वा कोषराजको पालामा झैं कुनै खेल थियो रु हलचोकमा हुने गरेको चर्चाको मुख्य चुरो यही हो ।

मुख्यालयको प्रबन्ध महाशाखामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पीए भानु देउवाका बहिनी–ज्वाइँ एसएसपी दीपेन्द्र कुँवरको लामो समयदेखि स्थायी मुकाम छ । तीन वर्षसम्म एउटै मान्छे लगातार हाकिम रहेकाले पनि आगलागीको साइनोबारे सूक्ष्म खोजीनीति गर्न थालिएको हो । आइजी राजु अर्याल सकेसम्म नयाँ सामान समयमै खरिद र वितरण गर्नुपर्ने मान्यता राखिरहने तर प्रबन्ध महाशाखा प्रमुखको त्यस्ता सामान गोदाममा थन्क्याइरहने प्रवृत्ति पनि आगलागीपछि सतहमा आएको छ । गत मंसिरमै ‘स्टोर इन’ गरिएका जाडोको सामान चैतको गर्मीसम्म किन वितरण गरिएन रु प्रश्न उठ्नु नाजायज पनि होइन ।

जलेका अधिकांश सामान ठेकेदारले मंसिरमै बुझाएको छानबिनमा संलग्न एक अधिकारीको दाबी छ । समयमै बाँडिएको भए सम्भवतः स्टोर खाली भइसकेको हुन्थ्यो । कथंकदाचित् करेण्ट नै सर्ट भएको भएपनि आगलागीबाट त्यति धेरै क्षति हुँदैनथ्यो । केन्द्रीय भण्डारमा सामान भरिभराउ भएकाले आगोको लप्का र क्षति दुबै ठूलो देखिएको हो । स्रोत भन्छ, ‘बेलैमा सामान वितरण गरिदिएको भए थोरै क्षति हुन्थ्यो । जाडोको सामान बाँडेको भए सम्भवतः स्टोर रित्तो हुन्थ्यो ।’ 

एआईजी वंशी दाहाल नेतृत्वको समितिले आगलागीको छानबिन थालेको छ । दुई अर्ब जतिको क्षति भएको पूर्वानुमान छ । यसबीच कतिपय सामान ठेकेदारले बुझाउनै बाँकी थियो । छानबिन समितिले आगलागीको मुख्य कारण खोज्ने क्रममा मंसिरमा स्टोर इन भएको जाडोका सामान किन बेलैमा बाँडिएन रु भन्ने पक्षतिर ध्यान दिनुपर्ने सुझाव छ । यसअघि कोषराज वन्त आइजी हुँदा हल्चोकको भण्डारमै आगो झोसिएको थियो । त्यतिबेला पनि अहिलेकै जस्तो विद्युत सर्टलाई दोष लगाइयो १ त्यसबेला प्रबन्ध, लेखा तथा आर्थिक महाशाखा प्रमुख थिए अभिकुमार खत्री, अहिले ५ नम्बर बाहिनी लुम्बिनीका प्रमुख ।

यता जिम्मेवारीको हिसाबले सशस्त्रको भण्डार महाशाखाका हाकिम एसएसपी सुधीरजंग थापा हुन् । तर, दरबन्दी त्यहाँ भएपनि उनलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी मा लामो समयदेखि काज खटाइएको छ । थापाको अनुपस्थितिमा भण्डारको काम लेखा समूहका एसपी राजेन्द्र श्रेष्ठले चलाउँदै आएका छन् । दरबन्दीका हाकिमलाई काजसरुवा, जाडोको सामान चैत मसान्तसम्म भण्डारणलगायत घटनाक्रमले पनि ‘एक्कासी लागेको’ आगोमा शंकाको आधार थपिँदै गएको हो ।

भौतिक र आर्थिक क्षतिसँगै आगलागीका कारण सशस्त्रको जनशक्ति व्यवस्थापनमा नै ठूलो धक्का लागेको छ । यसबाट एउटा तालिम नै रोकिने अवस्थामा पुगेको आशंका बढेको छ । यही आइतबार १२ सय जवानको नतिजा प्रकाशित गरिएको छ । उनीहरूलाई वैशाख २० गते सम्पर्क मिति तोक्दै सिटरोल भर्न बोलाइएको थियो । तर, लगत्तै हुनुपर्ने तालिम आगोका कारण असारसम्म पुग्ने छाँटकाँट देखिन्छ ।

नयाँ भर्ति हुन लागेका जवानलाई तालिमको सूचना निकाल्नुपर्नेमा एकाएक अर्कै अवस्था उत्पन्न भएको छ । लगाउने लुगा, जुत्तादेखि बन्दोबस्तीको सामान सबै नष्ट भएपछि भर्ना हुनेलाई जागिर नखुल्दै  पहिलो दिनमै ‘पहिलो गाँसमा ढुंगा’ लाग्ने नै भयो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू