मीटरब्याज पीडितमाथि प्रहरीको लाठी : तीन जना गम्भिर घाइते,डेढ दर्जन पक्राउ
तराईका विभिन्न जिल्लाबाट आएर न्याय माग गर्दै काठमाडौँमा धर्ना दिइरहेका मीटरब्याज पीडितमाथि प्रहरीले लाठी चार्ज गरेको छ । ४१औं दिनको आन्दोलनलाई निरन्तरता दिन कीर्तिपुर गेटनिर पुगेका उनीहरुमाथि प्रहरीले दमन गरेको हो ।
लाठी चार्जमा मीटर ब्याज संघर्ष समितिका उपाध्यक्ष कुलप्रसाद थापा मगर,सदस्यद्वय कौशिलादेवी केवट र दिवश गौतम गम्भिर घाइते भएका छन् ।
अध्यक्ष रामसुरत गुप्ता, उमाशंकर लोनिया,निर्ग नविनलगायत डेढ दर्जन लाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अहिले कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ ।
टिप्पणीहरू