नागरिकता देउ भन्नेहरु समातिए
नागरिकता विधेयक प्रमाणीकरणको लागि दबाब दिन माइतीघरमा प्रदर्शनमा उत्रेका नागरिकताविहीन संघर्ष समितिका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक छिटो प्रमाणीकरण गर्न दबाब दिन भन्दै प्लेकार्डसहित सडकमा आएका थिए ।
पक्राउ परेकामा नागरिकताविहीन संघर्ष समितिका इन्द्रजीत साफी, परवेज आलम, एमडी राज र देव शर्मा हुन् । उनीहरूलाई सिंहदरबारस्थित प्रहरी बिटमा राखिएको छ ।
संसद्को दुबैै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणको निम्ति राष्ट्रपतिसमक्ष पेश विधेयक राष्ट्रपति शीतल निवासमा अड्किएको छ । विधेयकबारे राष्ट्रपतिले विभिन्न पक्षसँग छलफल गरिरहनुभएको छ ।
टिप्पणीहरू