पूरा बाहुला भएको कपडा लगाउन कर्मचारीलाई सरकारको निर्देशन

पूरा बाहुला भएको कपडा लगाउन कर्मचारीलाई सरकारको निर्देशन

सरकारले सम्पूर्ण कर्मचारीलाई पूरा बाहुला भएको कपडा लगाउन आग्रह गरेको छ । डेंगु रोगको जोखिम कम गर्न सरकारले उक्त आग्रह गरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन लिखित आग्रह गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गरेका छन् ।

मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकीको समयमा सक्रिय हुने भएकाले उक्त लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले लामखुट्टेबाट बच्न यस्तो आग्रह गरेको बताइएको छ ।

मन्त्रालयले डेंगु नियन्त्रण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा एडिज जातको लामखुट्टेको लार्भाको खोजी र नष्ट अभियानलाई तीब्र बनाएको पनि जनाएको छ ।

टिप्पणीहरू