कमल थापा हेटौँडाबाट सोझै शीतल निवास
राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
पछिल्लो एक सातादेखि गृहजिल्ला मकवानपुरमा रहेका थापा काठमाडौँ फर्केलगत्तै सोझै आज साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालले जनाएको छ ।
संघीय संसद्को दुवै सदनले दोहोर्याएर पारित गरि प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयकका सम्बन्धमा राय-परामर्श लिन दलका नेताहरुलाई पालैपालो शीतल निवास बोलाएर छलफल गरिरहनु भएकी राष्ट्रपतिले त्यसैको निरन्तरतास्वरूप आज थापासँग भेटवार्ता गर्नुभएको बताइएको छ ।
टिप्पणीहरू