तीन वटा क्यासिनोले मेयर बालेनलाई टेरेनन्

तीन वटा क्यासिनोले मेयर बालेनलाई टेरेनन्

काठमाडौँ महानगरपालिकाले चार वटा तारे होटेलका क्यासिनोबाट ८४ लाख रुपैयाँ बराबरको मनोरञ्जन कर संकलन गरेको छ । महानगर क्षेत्रभित्र सञ्चालित सात वटा क्यासिनोलाई मनोरञ्जन कर बुझाउन ताकेता गरे पनि हालसम्म चार वटाले मात्र बुझाएको बताइएको छ ।

महानगरपालिकाले भदौ १९ गते सात दिनभित्र मनोरञ्जन कर बुझाउन सात वटा क्यासिनोलाई म्याद दिएको थियो । महानगरपालिकाको राजश्व विभागका अनुसार तीमध्ये चार वटा क्यासिनोबाट ८४ लाख ३४ हजार नौ सय ३१ रुपैयाँ उठेको छ ।

बाँकी तीन वटा मनोरञ्जन कर नबुझाउने र सम्पर्कमा नआएका क्यासिनोलाई उनीहरुको चल–अचल सम्पत्तिबाट कानुनबमोजिम असुल गरिने जनाइएको छ ।

महानगरपालिकाले डेल्टिन क्यासिनो,प्यालेस क्यासिनो, क्यासिनो र्याड,प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन,मायोज इन्टरटेनमेन्ट,बाल्को क्यासिनो र बेली क्यासिनोलाई सात दिनभित्र कर बुझाउन ताकेता गरेको थियो ।

टिप्पणीहरू