दशगजामा पुरुषको बेवारिसे शव

दशगजामा पुरुषको बेवारिसे शव

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ भन्सार चोक नजिकको कुनौली जाने दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ४५ वर्षीय पुरुष हिजो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए । उनका अनुसार शवको अझै पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेर शवको मुचुल्का उठाइ पोष्टमार्टमका निम्ति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ । यसबारे थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू