दङ्ग पर्दै चिनियाँ सभामुख काठमाण्डौबाट सोझै सोलतर्फ

दङ्ग पर्दै चिनियाँ सभामुख काठमाण्डौबाट सोझै सोलतर्फ

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ जनकाँग्रेसका अध्यक्ष लि चान्सु कोरियातर्फ प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटाले एक छिनअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्षलाई बिदाई गर्नु भएको हो ।

नेपाल भ्रमणको क्रममा लिले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा,राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना,एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

लि र चिनियाँ उच्चस्तरीय टोलीले नेपाल बसाइको क्रममा हिजो बिहान भक्तपुर दरबार स्क्वायर र बसन्तपुरको पनि अवलोकन भ्रमण गरेको थियो । नेपाली आतिथ्यताबाट अत्यन्त हर्षित भएको बिदाइको बेला उहाँको अभिव्यक्तिबाट प्रकट भएको परराष्ट्र मन्त्रालयको शिष्टाचार श्रोतले बतायो ।

टिप्पणीहरू