न्युजिल्याण्डमा छोराछोरी मारेर कोरियामा पक्राउ

न्युजिल्याण्डमा छोराछोरी मारेर कोरियामा पक्राउ

आफ्ना छोराछोरीको हत्या गरेर भाग्ने आमालाई प्रहरीले पक्राउ गरेको छ । न्युजिल्याण्डकी ४२ वर्षीया महिलालाई प्रहरीले सन्तान हत्याको आरोपमा दक्षिण कोरियाबाट समातेको हो । दक्षिण कोरियामा जन्मिएकी उनी न्युजिल्याण्डकी नागरिक हुन् ।

प्रहरीकाअनुसार अनलाइन लिलामीमार्फत् खरिद गरिएको घरमा बच्चाका अवशेषहरु फेला परेका थिए । दुई वटा सुटकेसमा लाश फेला परेपछि गत महिनादेखि न्युजिल्याण्ड प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा प्रहरीले चार वर्ष अघिदेखि ती शव भण्डारण गरेर राखेको पत्ता लगायो । त्यतिखेर बालबालिकाको उमेर ५ देखि १० वर्ष रहेको प्रहरीको ठम्याइ छ । तर, उनीहरुलाई के कति कारणले र कसरी मारियो भन्ने रहस्य अझै खुल्न सकेको छैन ।

फोटो स्रोत : न्युयोर्क टाइम्स

टिप्पणीहरू