परधर्म अपनाएकालाई हिन्दूमा फर्काउन जनकपुरमा शुद्धीकरण यज्ञ
विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामले शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) गरेको छ । परधर्म अपनाएका स्वजनलाई पुनः स्वधर्ममा स्वागतका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
हिन्दूधर्म छाडेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जनालाई पुनः स्वधर्म अर्थात् हिन्दूधर्ममा ससम्मान प्रत्यावर्तन (घरवापसी) गराइएको जानकारी दिइएको छ । सो क्रममा विविध पूजा, हवन, यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकालाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको परिषद्ले जनाएको छ ।
कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाले हर्ष व्यक्त गर्दै परधर्ममा गएकोप्रति पश्चातापसमेत गरेको परिषद्का जिल्ला अध्यक्ष सन्तोष साहले बताएका छन् । ।
टिप्पणीहरू