सौच गर्न गएका सशस्त्र प्रहरी जवान रुखमा झुण्डिए

सौच गर्न गएका सशस्त्र प्रहरी जवान रुखमा झुण्डिए

सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रूखमा झुण्डिएको अवस्थामा फेला परेको छ । सिराहा नगरपालिका–२१, लगडीगोठ बिओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका–३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला पासो लगाएको अवस्थामा भेटिएको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वार्टर सिराहाका अनुसार शव रूखमा झुण्डिएको अवस्थामा फेला परेकाले थप अनुसन्धानको निम्ति नेपाल प्रहरीलाई जिम्मा दिइएको छ ।

श्रेष्ठको शव आज बिहान सबेरै भेटिएको हो । उनी एकाबिहानै साथीहरूसँगै ड्युटीमा निस्किएका हुन् । त्यसपछि ‘सौच’ गर्न रुख भएको ठाउँमा गएको बताइएको छ । सौचबाट नफर्केपछि खोज्ने क्रममा उनी झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

टिप्पणीहरू