चोलेन्द्रविरुद्ध ४ सय पेजको महाभियोग प्रतिवेदन फोटोकपी हुँदै,एमाले सभामुख नभेटी निस्कियो

चोलेन्द्रविरुद्ध ४ सय पेजको महाभियोग प्रतिवेदन फोटोकपी हुँदै,एमाले सभामुख नभेटी निस्कियो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर  राणाविरुद्धको महाभियोग सिफारिस तथा छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । आज राति १२ बजेसम्म सभामुखसमक्ष प्रतिवेदन बुझाउने गरी सबै काम सकाउन लागिएको छ ।

बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुँदा ११ जना सदस्यमध्ये ६ जना एकातिर र ५ जना अर्कातिर भएका छन् । प्रतिवेदनमा ६ जनाले दस्तखत गरेपछि भटाभट फोटोकपी गरिँदैछ ।

अहिले झण्डै ४ सय पृष्ठको प्रतिवेदन सभामुखलाई बुझाउने तयारी भएको संसद सचिवालय स्रोतले बताएको छ ।

प्रतिवेदन बुझाउनुअघि समितिका रहेका एमालेका सबै सांसद सिंहदरबारबाट निस्केका छन् ।

टिप्पणीहरू