सर्वोच्च र सिंहदरबार क्षेत्रमा व्यापक प्रहरी परिचालन
सर्वोच्च अदालत र सिंहदरबारको पश्चिम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आज संसद फर्कने जनाउ दिएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
आफूमाथि महाभियोग प्रस्ताव गरेको संसद्को आयु गए रातिदेखि सकिएकाले उक्त अभियोग स्वतः निष्क्रिय भएको अर्थ लगाउँदै राणाले भन्दै सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज अदालत फर्कने जानकारी गराउनुभएको हो । उहाँले सर्वोच्च अदालत प्रशासनलाई हिजै नियमित काममा फर्कने जानकारी गराउनुभएको थियो ।
राणालाई सर्वोच्चको गेटमै रोक्ने तयारी गरिएकाले व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइन्छ ।
संसदको महाभियोग छानबिन तथा सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राणामाथि महाभियोग सिफारिस गरेको छ । समितिले तयार पारिएको प्रतिवेदन हिजो मध्यरातमा बुझाइएको हो ।
टिप्पणीहरू