चुनावका लागि निर्वाचन अधिकृत तोकिए धमाधम
न्यायपरिषद तथा न्याय सेवा आयोगले मङ्सिर ४ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नाम सिफारिस गरेको छ ।
विभिन्न जिल्लाका न्यायाधीश र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिन सरकारलाई सुझावसहित नाम सिफारिस गरिएको हो । जसमा मुख्य निर्वाचन अधिकृत ९४, निर्वाचन अधिकृत ८८ र जगेडा निर्वाचन अधिकृत २० जना सिफारिसमा परेका छन् ।
टिप्पणीहरू