शीतल निवासतर्फ फर्केर नागरिकताविहीन नागरिकहरुको धर्ना
राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन नागरिकले राजधानीमा धर्ना दिएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने मागसहित आज पनि उनीहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ?’, ‘नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानर र प्लेकार्ड बोकेर उनीहरुले माइतीघरमा विरोध गर्दै आएका छन् ।
संघीय संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई नागरिकता विधेयक प्रमाणीकरणका लागि गत भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरिएको छ । तर, आज रातिबाट उक्त विधेयक शीतल निवास पुगेको १५ दिन पुग्दैछ । तर राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको छैन ।
टिप्पणीहरू