काठमाडौंमा अनुमतिबिना होर्डिङ बोर्ड राख्न मनाही

काठमाडौंमा अनुमतिबिना होर्डिङ बोर्ड राख्न मनाही

काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड एवम् डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरपालिकाले अनुमतिबिना र विज्ञापन गर्न अनुमति लिएर अवधि समाप्त भएका होर्डिङ हटाउन निर्देशन दिएको हो ।

आज सूचना निकालेर महानगरले उच्च अदालत पाटनबाट गत भदौ ३० गते भएको आदेशका आधारमा बाह्य विज्ञापन सञ्चालन नगर्न–नगराउन भनेको छ ।

‘उच्च अदालत पाटनबाट गत भदौ ३० गते मुद्दा नम्बर ०७९–डब्लु वो–०२३१ निषेधाज्ञा मुद्दामा भएको आदेशका आधारमा संवत् २०७९ साल असोज ५ गतेबाट उल्लेखित बाह्य विज्ञापन सञ्चालन नगर्न–नगराउन सम्बद्ध सबै व्यक्ति–संघ संस्था–कम्पनी–निकायलाई सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।

सूचना उल्लङघन गरी बाह्य विज्ञापन सञ्चालन गरेको पाइएमा महानगर प्रहरीद्वारा विज्ञापन प्रचार–प्रसार गर्न बन्द गराइने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू