‘छानी छानी कांग्रेस निकट सरकारी वकिललाई निर्वाचन अधिकृत बनाइयो’
सत्ता गठबन्धन निकट वामपन्थी कर्मचारी संगठनहरुले कांग्रेस निकट सरकारी वकिलहरुलाई मात्र निर्वाचन अधिकृत बनाइएको आरोप लगाएका छन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा महान्यायाधिवक्ताको कार्यालयले छानीछानी कांग्रेस निकट सरकारी वकिलहरूलाई मात्र निर्वाचन अधिकृत बनाइएको उल्लेख छ ।
निश्पक्ष निर्वाचन गराउने वचन दिँदै आएको सरकारले निर्वाचन प्रक्रियाको प्रारम्भमै दलीय हैसियत र प्रभाव देखाएको उनीहरुको भनाइ छ । वरिष्ठताको आधारमा तोकिनुपर्ने निर्वाचन अधिकृतको मापदण्डलाई कुल्चेर कांग्रेस छानेर पठाइएको भन्दै संयुक्त रुपमा विरोध जनाइएको हो ।
टिप्पणीहरू