दाङमा २९ वर्षीया युवती बलाकृत
दाङमा २९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
करणीको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१३ रानीपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती युवतीलाई करणी गरेको भन्ने खबर पाएसँगै दलजितपुरबाट खटिएको प्रहरीले उनलाई गएराति समातेको हो । पक्राउ परेका नेपालीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू