हातहतियार बुझाउने म्याद कात्तिक ५ गतेभित्र
जिल्ला प्रशासन कार्यालय चितवनले इजाजतप्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालये कात्तिक ५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ । हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयनुसार निर्वाचनपछि फिर्ता हुने गरी इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी गरिएको हो ।
प्रशासनले अनुमतिप्राप्त हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षा खलल हुने आशंका गर्दै उक्त अनुरोध गरेको जारी सूचनामा उल्लेख छ ।
टिप्पणीहरू