संयुक्त राष्ट्र संघमा चिनियाँ दावी,‘ गल्ती भयो भन्न सक्नुपर्छ;
संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयको निम्ति चिनियाँ नियोगका प्रतिनिधिले पश्चिमा राष्ट्रहरुलाई आफ्नो विगत सम्झन र वर्तमानमा विगतको गल्ती सच्याउन आग्रह गरेका छन् । नियोगका उपप्रमुख लि सोङले मानवअधिकार परिषदको ५१ औं वार्षिक सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले संयुक्त राज्य अमेरिका,संंयुक्त अधिराज्य र अन्य पश्चिमा मुलुकलाई विगतको आफ्नो औपनिवेशक नीति गलत भएकोतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘त्यस्तो गलत नीति गलतै थियो भनेर वर्तमानमा सच्याउनुपर्छ,’ उनले भने ।
उनले विगतमा लामो समयसम्म कायम रहेको उक्त नीति विश्वमा मानवअधिकारको विकास र संरक्षणमा बाधक बनेको ठहर गरेका हुन् ।
फोटो तथा समाचार स्रोत : सिन्ह्वा
टिप्पणीहरू