दशैंमा राजधानीबाट बाहिरिने लर्को
बडा दशैं मनाउन आफ्नो थातथलो फर्कनेको संख्या आज पनि उस्तै छ । विशेषगरी राजधानी काठमाडौं उपत्यकाबाट अन्य जिल्ला जानेको संख्या पछिल्लो एक सातामा १५ लाख नाघेको बताइएको छ ।
पर्सिसम्म २० लाख पुग्ने यातायात व्यवसायीहरुको दाबी छ । स्थल मार्ग भएर राजधानीबाट बाहिरिएकाको सवारी साधनको लर्को पृथ्वी राजमार्गमा झैँ विपी राजमार्गमा पनि उस्तै देखिएको छ ।
धुलिखेल–काभ्रेपलाञ्चोक सडक खण्डमा हिजो भित्रिनेभन्दा बाहिरिनेको संख्या अत्यधिक थियो । सोही बखत देखिएको सवारी साधनको लर्कोको एक झलक ।
तस्बिर : गौरव भण्डारी ।
टिप्पणीहरू