एमालेका पूर्वमेयरले माओवादी रोजे
इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले नेकपा माओवादी केन्द्र रोजेका छन् ।
चौधरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर माओवादी केन्द्रमा औपचारिक रुपमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रले सुनसरीबाट प्रदेश सांसदको निर्वाचनमा टिकट दिने सम्भावना रहेको बताइन्छ ।
चौधरीसँगै अरु १० जनाले पनि माओवादी केन्द्रको सदस्यता लिएका छन् । उनीहरुमा इटहरी १ का देवु सदा, जयराम सदा र जगदीश सदा छन् । त्यसैगरी वडा नम्बर १७ का पुरके सदा, भूमिनारायण चौधरी, खुशीलाल चौधरी, दुःखीलाल चौधरी, कुलदीप चौधरी र रुप सदाले पनि अध्यक्षको हातबाट खादा लगाएका हुन् ।
आज वडा नम्बर २ का सूर्यनारायण चौधरीले पनि माओवादी रोजेको बताइएको छ ।
टिप्पणीहरू