जीपको ठक्करबाट बितेका युवकको सनाखत हुन बाँकी, चालक फरार

जीपको ठक्करबाट बितेका युवकको सनाखत हुन बाँकी, चालक फरार

काठमाडौंको बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । पैदल हिँडिरहेका उनलाई जीपले ठक्कर दिँदा मृत्यु भएको बताइएको छ ।

मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनलाई बा. १ झ ८१७ नम्बरको जीपले ठक्कर दिएको हो ।

गम्भीर घाइते उनको उपचारको क्रममा बीएण्डबी अस्पताल, ग्वार्कोमा मृत्यु भएको हो । फरार जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

टिप्पणीहरू