एमाले महाधिवेशनमा नयाँ दललाई ‘नो इन्ट्री’

एमाले महाधिवेशनमा नयाँ दललाई ‘नो इन्ट्री’

नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा डेढ दर्जन दललाई निम्तो दिएको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित १७ वटा दलहरुलाई निम्ता दिइएको हो । 

पार्टीले भदौ २३ गतेपछि बनेका श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतका दललाई भने निम्तो नदिएको बताइएको छ । 

आगामी शनिबार सल्लाघारीको खुला चौरमा हुने उद्घाटन समारोहको लागि चिठ्ठी पुर्याउने जिम्मेवारी महेश बर्तौला, कोमल वली, सुनिता बरालसहितका नेताहरूले पाएका छन् ।  महाधिवेशनका लागि १२ वटा समिति बनाएर तयारी गरिएको छ ।
 

टिप्पणीहरू