नेपालमा टीकाको साइत ११ बजेर ५१ मीनेट, विश्वका कुन देशमा कति बजे ?
आज बडा दशैंको महत्वपूर्ण दिन विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मीनेट रहेको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको समय बिहान १० बजेर ३४ मीनेटमा राम्रो मानिएको छ ।
टीका ग्रहण गर्नेले पूर्व फर्कने र लगाइदिने मान्यजन पश्चिम फर्कन ज्योतिषहरुको निर्णयमा भनिएको छ । आजदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न सकिने बताइएको छ ।
विश्वका विभिन्न भागमा रहेका नेपालीको निम्ति पनि समितिले टीकाको साइतको समय निर्धारण गरेको छ । जसअनुसार भारतमा स्थानीय समयअनुसार बिहान १० बजेर ४५ मीनेट, अमेरिकाको न्युयोर्कमा स्थानीय समयअनुसार ४ अक्टोबर बिहान ११ बजेर ११ मीनेट, टेक्सासमा ११ बजेर ३५ मीनेट, क्यालिफोर्निया ११ बजेर ४५ मीनेट र वाशिंगटन डिसीमा ११ बजेर २५ मीनेटमा टीक ग्रहण गर्न राम्रो समय भनिएको छ ।
त्यसैगरी क्यानाडाको टोरन्टोमा ४ अक्टोबरको दिन बिहान ११ बजेर ३९ मीनेट, बेलायतको राजधानी लण्डनमा सोही दिन ११ बजेर ५७ मीनेट, जापानको राजधानी टोकियोमा स्थानीय समयअनुसार ५ तारिखका दिन १० बजेर ३९ मीनेट र सिड्नीमा पनि अक्टोबर ५ तारिखका दिन बिहान १० बजेर ४१ मीनेटको समयमा टीका लगाउने साइत तोकिएको छ ।
टिप्पणीहरू