देउवा र प्रचण्डको चाहिँ कसले बुझ्ने होला दु:ख ?

देउवा र प्रचण्डको चाहिँ कसले बुझ्ने होला दु:ख ?

दशैंको महानवमी कटिसक्दा पनि न सत्ता गठबन्धन न त बिपक्षी गठवन्धन कसैले चुनावी तालमेलको अन्तिम टुंगो लगाउन सकेनन् । एकातिर दलहरूवीच कसले कति सीट लिने भन्ने तानातानी,अर्कातिर आफैभित्र असन्तुष्टि ब्यवस्थापनको चुनौती । यही मेसोमा
हिजो बालुवाटारमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला र महासचिव गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान साढे ११ बजेदेखि झण्डै एक घण्टा कुराकानी गरेर आफ्नो खेमाका निम्ति सन्तोषजनक सीट छुट्याउन आग्रह गरेका छन् ।

भेटघाटमा आगामी निर्वाचनमा काँग्रेसको पोजिसन,आन्तरिक भागबण्डा र संशोधित समानुपातिक सूचीबारेमा छलफल भएको बताइएको छ ।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमल्टार पुगेर चितवनस्थित सबैजसो दलका प्रतिनिधिले भेटेका छन् । हिजो दिउँसो पौने ३ बजेदेखि एक घण्टासम्म उनीहरुबीच आगामी निर्वाचन र चितवनका उम्मेदवारबारे छलफल भएको र प्रचण्डलाई चितवन छाडेर गोर्खा नजान आग्रह गरिएको बताइन्छ ।

भेटघाटमा नेपाली काँग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, जनमोर्चाका विष्णु पौडेल,जसपाका प्रेमराज भुजेल सहभागी थिए ।

टिप्पणीहरू