अष्टलक्ष्मीलाई काठमाडौं- ८ र अग्निलाई झापा-१ को ओली अफर
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौं ८ बाट प्रतिनिधिसभाको उम्मेदवारीनिम्ति तयार रहन आग्रह गर्नुभएको छ । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने शाक्यको निर्णयलाई ओलीले फेरि पनि पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।
उता पार्टी स्थायी कमिटी सदस्य देवराज घिमिरे र पोलिटब्यूरो सदस्य अग्नि खरेललाई झापाबाटै उठाउने अर्को चुनौती पनि छ । प्रदेश १ को इञ्चार्ज रहेका घिमिरे र पूर्वमहान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै २ नम्बर क्षेत्रबाट उठ्न इच्छुक रहेकाले कसलाई कता पठाउने भन्ने सल्लाह हुन बाँकी नै छ ।
टिप्पणीहरू