नेपालका लागि चिनियाँ पूर्व राजदूत लि तप्याओको निधन

नेपालका लागि चिनियाँ पूर्व राजदूत लि तप्याओको निधन

नेपालका लागि चीनका पूर्व राजदूत लि तप्याओको निधन भएको छ । उहाँ असोज १० गते बित्नुभएको हो ।

सन् १९८७ देखि १९९१ सम्म उहाँ नेपालमा हुनुहुन्थ्यो । जनगणतन्त्र चीन स्थापनापछिको पहिलो युवा पुस्ताका कूटनीतिज्ञमध्येमा पर्नुहुने उहाँलाई नेपालसँगको कूटनीतिक सम्बन्ध र परम्परागत चिनियाँ खानाको स्वाद एकैसाथ भित्र्याउने सफल राजदूतको रुपमा लिइन्छ ।

राजदूतको कार्यकाल पूरा गरेर स्वदेश फर्के पनि लिले सन् २०१० सम्म प्रायः दुई वर्षमा एक पटक नेपाल भ्रमण गर्नुभएको जानकारी प्राप्त भएको छ । बृध्दावस्थामा पनि उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन विभिन्न किसिमले रचनात्मक भूमिका खेल्नुभएको थियो ।

उहाँ पछिल्लो समय नेपाल–चीन इन्टरेनशनल कल्चर फाउण्डेशन र नेपाल–चीन आर्थिक तथा व्यापार संगठनको चीनतर्फका अध्यक्ष हुनुहुन्थ्यो ।

लिको अंग्रेजी भाषामा उत्तिकै दखल थियो । उहाँ राम्रो कवि तथा भाषा अनुवादकसमेत हुनुहुन्थ्यो ।

टिप्पणीहरू